१० सेकेन्डले बाँचेका हवल्दार भन्छन्– साथीहरू आँखैअघि बगे, मैले भागेर ज्यान जोगाएँ
-
NayaNaya Khabar
- 6 दिन अगाडि
१० भदौ, काठमाडौं । रसुवामा एक्कासि आएको बाढीले ठूलो विपत्ति सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
सबै सुरक्षा निकायहरू खोजी तथा उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्धारमा जुटेका छन् ।मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ । अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरी उपचार सुरु गरिएको छ ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ । अहिलेसम्म नेपाल प्रहरीका ३२ जना बेपत्ता रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । सशस्त्र प्रहरीतर्फ पनि ९ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।१० भदौ, काठमाडौं । रसुवामा एक्कासि आएको बाढीले ठूलो विपत्ति सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
सबै सुरक्षा निकायहरू खोजी तथा उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्धारमा जुटेका छन् ।मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ । अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरी उपचार सुरु गरिएको छ ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ । अहिलेसम्म नेपाल प्रहरीका ३२ जना बेपत्ता रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । सशस्त्र प्रहरीतर्फ पनि ९ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।म बेत्रावतीमा कार्यरत छु । बाढी आउँदै छ भनेर हामी माइकिङ गर्न निस्केका थियौं । सडक किनार तथा नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँतर्फ जान भनेर माइकिङ गरिरहेका थियौं ।
असईसाप रामकाजी पौडेलको कमान्डमा हामी माइकिङ गर्न खटिएका थियौं । त्यही बेला एक्कासि यति ठूलो बाढी आयो, सोच्नै सकिएन । घरमा सुतेका मान्छे, बसेका मान्छे, खाँदै गरेका मान्छे बाढीमा बगे । कतिलाई बगायो यकिन छैन ।
म बाइकमै थिएँ । बाइक छाडेर जंगलतर्फ भागेर ज्यान जोगाएँ । सँगै माइकिङ गर्न जानुभएका असईसाप सम्पर्कविहीन हुनुहुन्छ । उहाँको अवस्था के छ अहिलेसम्म थाहा पाउन सकिएको छैन । अहिले म जंगलमा बसिरहेको छु । कतै जाने ठाउँ छैन । १० सेकेन्डले बाँच्न सफल भएँ । बाँच्नु नै ठूलो रैछ यस्तो बेला ।
कति बालबालिका बगायो, कति विद्यार्थी बगायो यकिन छैन । आँखै अगाडि धेरै मान्छे बगायो । हाम्रा धेरै प्रहरी पनि सम्पर्कविहीन हुनुहुन्छ । यहाँ करिब ७० जति घरहरू थिए होलान् । अहिले ती घरहरू कुनै पनि सग्लो छैनन् ।
-
-
-
-
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
मिक्लाजुङ गाउँपालिकाको नुनसरी रचना कलिदह सिचाइ आयोजना प...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...