मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु
-
NayaNaya Khabar
- 1334 दिन अगाडि
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा वडा नं. ९ मा रहेको मनकामना आधारभुत विद्यालयबाट गाउँपालिका अध्यक्ष संग छात्रछात्रा कार्यक्रम शुरु भएको छ । सुक्रबार मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको मनकामना आधारभुत विद्यालयबाट सो कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा विद्यार्थीहरुको रगत जाँच गर्ने , स्वास्थ्यमा समस्या देखीएका विद्यार्थीहको मधुमल्ला अस्पतालमा निःशुलक उपचार गर्ने साथै जटिल समस्या देखीएका विद्यार्थीहरुलाई अन्यत्र लगेर सेमेत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताइएको छ ।
मधुमल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सरोज कुमार मण्डल सहितको स्वास्थ्यकमीहरुको टिमले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले मिक्लाजुङका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम हरेक शुक्रबार शुक्रबार सञ्चालन गर्ने बताउनु भयो । मिक्लाजुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने रनणनीति बनाएको अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका लेखा अधिकृत शुशिल बास्तोला, प्रमुख प्रशासकिय अधीकृत होम प्रसाद पौडेल र मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रम मनकामना आधारभुत विद्यालयका वि.व्य.स. अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
-
-
-
-
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
मिक्लाजुङमा साहित्यक जमघट
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
उमेश राईको पहलमा शहीद घनश्याम भट्टराईको घर पुनर्निर्माण...
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण


