उमेश राईको पहलमा शहीद घनश्याम भट्टराईको घर पुनर्निर्माण सम्पन्न
-
NayaNaya Khabar
- 4 दिन अगाडि
मधुमल्ला/मोरङ । मिक्लाजुङ गाउँपालिका–६ का द्वन्द्वपीडित तथा शहीद घनश्याम भट्टराईको जीर्ण घर पुनर्निर्माण गरी निर्माण कार्य सम्पन्न गरिएको छ। नेकपा (माओवादी केन्द्र) मिक्लाजुङका अध्यक्ष तथा सामाजिक अभियन्ता उमेश राईको पहलमा उक्त घर पुनर्निर्माण सम्पन्न भएको हो।
तत्कालीन शाही नेपाली सेनाको गोली लागेर २०६१ साल वैशाख १८ गते घनश्याम भट्टराईको निधन भएको थियो। शहीद भट्टराईको परिवारको आर्थिक अवस्था कमजोर हुनुका साथै लामो समयदेखि घर जीर्ण बन्दै गएपछि राईको पहलमा घर पुनर्निर्माण अभियान अघि बढाइएको थियो।
निर्माण सम्पन्न भएपछि मंगलबार ७७ वर्षीया आमा नरमाया भट्टराईलाई घरको चाबी हस्तान्तरण गरिएको अभियन्ता राईले जानकारी दिनुभयो।
घर निर्माणका क्रममा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, महेश थापा, राजन नेम्वाङ, शुसन खड्का, रुद्र भण्डारी, सुवास खड्का, चन्द्रप्रसाद श्रेष्ठलगायतले स्वेच्छिक रूपमा सहयोग गरेका थिए। साथै, मिक्लाजुङ गाउँपालिकाको समेत सहयोगमा घर निर्माण सम्पन्न गरिएको जनाइएको छ।
युवा व्यवसायीसमेत रहेका उमेश राई मिक्लाजुङ क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण, विपन्न परिवारका बिरामीलाई औषधि तथा उपचारमा सहयोग, घर निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरणलगायतका सामाजिक कार्य गर्दै आएका छन्।
राजनीति र व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय राईको पछिल्लो पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। विपद् तथा आपत्कालीन अवस्थामा परेका नागरिकलाई सहयोग गर्दै आएका कारण स्थानीयस्तरमा राईलाई सामाजिक सेवाको भावनासहित काम गर्ने व्यक्तिका रूपमा चर्चा गर्ने गरिएको छ।
शहीद परिवारको जीर्ण घर पुनर्निर्माण गरी सुरक्षित आवासको व्यवस्था गर्न गरिएको यो पहलले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ।
-
-
-
-
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि