मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
NayaNaya Khabar
- 800 दिन अगाडि
मधुमल्ला/मोरङको मिक्लाजुङगाउँपालिको १४ औं गाउँसभाले आर्थिक वर्ष२०८१/०८२का लागी कुल ७७ करोड ५० लाख ७५ हजार पाँच सयरुपैँयाकोबजेट पास गर्दै सम्पन्न भएको छ । जसअन्र्तगतचालु खर्च ४३ करोड ६ लाख १९ हजार र पुँजीगत खर्च तर्फ ३४ करोड ४४ लाख ५६ हजार पाँच सय रहेको छ । सोमबार मिक्लाजुङगाउँपालीकोसभाहलमा भएको १४ औं गाउँसभामा मिक्लाजुङ गाउँपालिका अध्यक्षबबिकुमार राईको अध्यक्षतामा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले प्रस्तुत गर्नु भएकोआर्थीकबर्ष०८१/०८२का लागी प्रस्तुत गर्नु भएको आय व्यय सहितको बजेट पास गदै १४ औं गाउँ सभा सम्पन्न भएको छ ।
बजेटले प्राथमिकतामा कृषि, पर्यटन, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सम्पदा तथा धार्मिक पूर्वाधार, सहकारी क्षेत्र, शुसाशनतथा शान्ति सुरक्षा, लगायतका विषयहरूलाई समेटेको छ । गाउँसभा पश्चात सम्पन्न पत
्रकार सम्मेलनमा मिक्लाजुङ गाउँपालिकाले यस वर्ष जनमुखी बजेट ल्याएको मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता पर्वत राईले बताउनु भयो । साथै बजेटले सबै पक्षलाई समेटेको र यसले सार्थकता पाउने राईले बताउनु भयो ।
यस वर्षको बजेट बास्ताविकतामाअधारीतबजेट भएको र यसअघीजस्तो घाटा बजेट नभएकाले कार्यान्वयन सँगसँगै बजेटले पक्षलाईसमेटेकाले सफलकर्यान्वयन हुने मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ताले बताउनु भयो । बजेटको पूर्ण पाठ
बजेटको पूर्ण पाठ
-
-
-
-
-
विवादै विवादले घेरिएका चार्ल्स
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापान...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण

