उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
NayaNaya Khabar
- 1261 दिन अगाडि
मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकमा मंगलबार बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्य सुरु भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ बाट उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम मिक्लाजुङका ९ वटै वडामा सञ्चालन गरीने बताइएको छ । कार्यक्रममा फिजीसियन डाक्टर सहितको स्वास्थ्य परिक्षण संगै उपाचार र सम्भव भए सम्मलाई निशुल्क औषधी पनी वितरण गरिने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले बतानु भयो ।
जेष्ठ नागरीकहरु समाजको जिउदो इतिहास भएकाले जेष्ठ नागरीकहरुको स्वास्थ्यमा ध्यान दिनु स्थानीय सरकाको उत्तर दायित्व भएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
मंगलबारको स्वास्थ्य कार्यक्रममा डा. रोजी बखादे, प्रबिन भट्टराई रन्जन बर्न्हबाल सहति मधुमल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको टिमले सहजीकरण गर्नु भएको थियो । मंगलबारको स्वास्थ्य कार्यक्रममा १ सय ५३ जना जेष्ठ नागरीकहरुको स्वास्थ्य परिक्षण गरीएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रेलले बताउनु भयो ।
उपाध्यक्ष संग स्वास्थ्य कार्यक्रमले जेष्ठ नागरीकहरुलाई धेरै फाइदा पुगेको स्थानीय जेष्ठ नागरीक मेघनाथ घिमीरेले बताउनु भयो ।
-
-
-
-
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
करदाता शिक्षा तालिम सम्पन्न
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ

