मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्रेल रेसको आयोजना गर्ने भएको छ
-
NayaNaya Khabar
- 1263 दिन अगाडि
विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा ‘भोजपुर ट्रेल रेस’ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष खेमराज राईले जानकारी दिएका छन्।
फाउण्डेशनका अध्यक्ष राईका अनुसार चैत्र १८ गते आयोजना हुने उक्त रेसमा २ वटा इभेन्ट हुने छ। यसको लागि मुख्य प्रतिस्पर्धा ५० किलोमिटर दुरीको ट्रेल रेस हुनेछ। यस प्रतिस्पर्धामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु सहभागी हुने आयोजकले जानकारी गराएको छ।
उक्त रेसमा दुवै समूहतर्फका प्रथम, दोश्रो, तेश्रो, चौथो हुँदै सातौंसम्मका बिजेता धावक धाविकालाई जनही क्रमशः ५० हजार, २५ हजार, १४ हजार, १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
सोही प्रतियोगितामा सहभागी हुने पहिलो दोस्रो र तेस्रो हुने भोजपुर जिल्लाका धावक, धाविकाहरुलाई छुट्टै पुरस्कार दिइनेछ। पहिलोलाई नगद ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार प्रदान गरिनेछ।
'भोजपुरका खेलाडीहरुको प्रोत्साहन र हौसलाका लागि हामीले छुट्टै पुरस्कार दिन लागेका हौँ। उक्त पुरस्कारका लागि भोजपुरकै हुनपर्नेछ', फाउण्डेसनका कोषाध्यक्ष नुतन राईले भने। यस संस्करणमा १० किलोमिटर रेसको पनि आयोजना हुने आयोजकले जनाएको छ।
१० किमि रेसमा सहभागी भई प्रथम, दोश्रो र तेश्रो हुने धावक धाविकालाई जनही क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
यस प्रतियोगितामा पनि पौवादुम्मा गाउँपालिकाका स्थानीय प्रथम, दोस्रो र तेस्रो हुनेलाई धावक धाविकालाई पनि हौषला स्वरुप क्रमशः नगद ३ हजार, २ र नगद १ हजार प्रदान गरिनेछ।
सोही ट्रेल रेसमा भेट्रान धावकहरुको पनि प्रतिस्पर्धा रहने छ। भेट्रान धावकको प्रोत्साहन स्वरुप पहिलो हुनेलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
भोजपुरको पौवादुम्मा गाउँपालिकाको सानोदुम्माबाट रेसको सुरुवात भएर बास्तिम, अखुवाखोला, पारपानी भोजपुर बजार, तिवारी भञ्ज्याङ हुँदै सानोदुम्मामै समापन हुने फाउण्डेसनका सचिव केशर राईले जानकारी दिए। यो रेसमा सहभागीताको लागि फाउण्डेशनको आधिकारीक वेबसाइटबाट अनलाइनमार्फत पनि फारम भर्न सकिने आयोजकले बताएको छ।
भोजपुर ट्रेल रेसको समापन कार्यक्रममा चर्चित हास्यकलाकार उमेश राई ‘फुलन्देको आमा’ को विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। भोजपुर ट्रेल रेसलाई निरन्तरता दिँदै पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय कलाकारहरुलाई पनि समावेश गरिएको फाउण्डेसनका सह-सचिव बिजेन्द्र हाङबाङ राईले जानकारी दिए।
-
-
-
-
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १...
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...