दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
NayaNaya Khabar
- 1271 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा दुई महिना अवधीको फुटबल खेल प्रशिण शुरु भएको छ । मिक्लाजुङ गाउँपालिकाको आयोजनामा मिक्लाजुङ गाउँपालिका क्षेत्रमा फुटवल खेलको विकास गर्ने उदेश्यले १८ बर्ष मुनीका मिक्लाजुङ गाउँपालिका क्षेत्रका खेलाडीहरुलाई सहभागी गराई फुटबल खेल प्रशिक्षण गराइने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले बताउनु भयो ।
दुई महिना अवधीको फुटबल खेल प्रशिक्षणको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष तथा खेलकुद विकास समिती संयोजक दीनेश पौडेल र शिक्षा शाखा अधिकृत कांशिनाथ खनालले खेल प्रशिक्षकहरु कुमार गिरी र सुेरन्द्र थापालाई संयुक्त रुपमा वल दिएर गर्नु भएको थियो ।
मिक्लाजुङ गाउँपालिकाको ३ स्थानामा भुगोल अनुसार समेटेर दुई महिना अवधीको फुटबल खेल प्रशिक्षण गराइने बताइएको छ । जस अन्र्तगत मिक्लाजुङ गाउँपालिका वडा नं.२,६,७ र ८ लाई समेटेर मनोहर जनता माविको खेल मैदानमा शुक्रबारबाट खेल प्रशिक्षण शुरु भएको हो ।
-
-
-
-
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
दाउले हानेर काकाको हत्या
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
कृषक लाई बिउ बिजन बितरण