प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
NayaNaya Khabar
- 701 दिन अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरूलाई फत्तेमान राजभण्डारीको गीत सुनाएका छन्।
बुधबार साँझ एमालेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन्। प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका मन्त्रीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा दिएका हुन्।
एमाले मन्त्रीहरूको राजीनामा बुझ्दै प्रधानमन्त्री प्रचण्डले खासै टिप्पणी नगरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए।
राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको हरफ सुनाएका थिए।
प्रधानमन्त्रीले फत्तेमानले गाएको 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले' भन्ने गीति हरफ सुनाएको मन्त्री गिरीले बताए।
प्रधानमन्त्री प्रचण्डले एमाले मन्त्रीहरूको राजीनामा बिहीबार स्वीकृत गर्ने बताएका छन्।
गत फागुन २१ गते एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनेको थियो। मौजुदा मन्त्रिपरिषदमा एमालेका आठ जना मन्त्री थिए।
एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको थियो। एमालेबाट महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिए। त्यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, राजेन्द्रकुमार राई खानेपानी मन्त्री र हरि उप्रेती रक्षा मन्त्री थिए।
-
-
-
-
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न