वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
NayaNaya Khabar
- 1214 दिन अगाडि
किशाेर फनिराैला
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालन भइरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको शनिबारको पहिलो सेमिफाइनल खेलमा वडा नं. ७ लाई ट्राइवेकरमा ३–० को अन्तरले हराउँदै वडा नं. २ तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेल खेलको सुरुवाती चरण बाट नै निक्कै अक्रमको र रोमान्चक बनेको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकियो । मध्यान्तर पछिको खेल पनि गोल रहित बराबरीमा सकिए पछि खेल सोझै ट्राइबेकरमा परिणत भएको थियो । दुबै टिमले खेलको निर्धारित समयमा केही राम्रा अवसरहरू पाए पनि बलले जाली चुम्न सकेन । निर्धारित समय गोल रहित बराबरीमा सकिए पछि खेल सोझै ट्राइबेकरमा परिणत भएको थियो । ट्राइबेकरमा वडा नंं. ७ लाई ३–० को अन्तरले हराउँदै वडा नंं. २ तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको २०८० को फाइनल प्रवेश गरेको हो । ट्राइबेकरमा वडा नं. २ का लागी रुप कुमार राई, अनिल चाम्लिङ र किशन राईले गोल गरे भने वडा नं. ७ का युवराज श्रेष्ठको पेनाल्टी सुट आउट भएको थियो । वडा नं. ७ का जेम्स श्रेष्ठ र सागर अधिकारीको सुटलाई वडा नं. २ का गोलकिपर सेभ गरेका थिए ।
शनिबारको खेलमा म्यान अफ द म्याच वडा नं. २ का टिम क्याप्टेन शुखम चाम्लिङ घोषित भएको । भोलिको खेलमा मिक्लाजुङ गाउँपालिका वडा नंं. ६ र वडा नं. ३ बिच मध्यान्ह ३ बजे बाट मनोहर जनता मावि. को खेल मैदानमा दोस्रो सेमिफाइनल हुने खेल व्यवस्थापन समितिका अध्यक्ष अजुन राईले बताउनु भयो ।
शनिबारको खेल हेर्न मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई वडाध्यक्षहरू सुशीलराज चौहान, अर्पण श्रेष्ठ, सन्तोष मगरको खेल मैदानमा उपस्थिति रहेको थियो । शनिबारको खेल हेर्न मनोहर जनता माविको खेल मैदानमा हजारौँको सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो ।
-
-
-
-
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
यात्रु सहायता कक्ष सन्चालन
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय