बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
NayaNaya Khabar
- 803 दिन अगाडि
भारतले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ। उक्त क्षेत्र नेपाल भारत सीमाबाट करिब ७० किलोमिटर दक्षिणमा पर्छ। शुक्रवार बिहान उक्त पुल भाँचिँदा १० जना कामदार घाइते भएका थिए। यहाँ पुल बनेपछि बिहारको मधुबनी र सुपौलबीचको दूरी करिब ३० किलोमिटरले घट्ने अपेक्षा गरिएको छ। यहाँ हिउँदमा बाँसको पुल बनाएर मानिसहरू कोशी नदी पार गर्छन्। बर्खामा मानिसहरू डुङ्गाबाट नदी तर्न बाध्य छन्।
प्राविधिक समस्या या लापरबाही
घटनास्थलमा भाँचिएको पुलको संरचनामुनि एउटा निर्माण सामग्री ओसार्ने गाडी भेटिएको छ। गाडी र भत्किएको संरचना मुनि अझै केही मजदुर पुरिएको हुन सक्ने स्थानीयवासीले आशङ्का गरेका छन्। प्रहरीले घटनाबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ।कामको उचित अनुगमन नहुँदा दुर्घटना भएको स्थानीयवासी युतिनारायण यादवको आरोप छ। अर्का स्थानीय अजय कुमारले ठेकेदार कम्पनीलाई कारबाहीको माग गरे। बिहारमा पुल दुर्घटनाको यो पहिलो घटना भने होइन। यसअघि भागलपुरमा गङ्गा नदीमा निर्माण भइरहेको पुलको ठूलो हिस्सा नदीमा डुबेको थियो।
स्रोत बिबिसि नेपाली सेवा
-
-
-
-
-
भारतसँग जोडिएका मोरङका सीमा नाका मङ्सिर १ गतेबाट बन्द ग...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
विवादै विवादले घेरिएका चार्ल्स
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...