एक्लो मानिसको कथा
-
NayaNaya Khabar
- 1241 दिन अगाडि
सीवाँलीको झ्याङबाट लुक्दै-लुक्दै
हेरिरहेको छु म-
बर्षौँदेखि कसैलाई पर्खिरहेको एक्लो मानिस
बार्दलीमा बसेर टोलाइरहेको छैन आज
उक्लिरहेको छु म पनि एक्लै उकालोमा
र हेरिरहेको छु टाढा-टाढा
कुनै युद्धपछिको मैदानजस्तो सुनसान छ चारैतिर
हेरिरहेको छु- मेरै उज्यालोमा हिँड्ने ढाक्रेहरू हिँडिरहेका छैनन् आज
हेरिरहेको छु- हाट भरेर फर्किरहेका छैनन् कोही
हेरिरहेको छु-
मलामी गएर फर्किसकेको रित्तो बाटोजस्तो छ मूलबाटो
सधैँ जुनेलोको बोटमा आएर खेल्ने हावा गायब छ आज
निकुवाको सुकेको ठुटोमा अबेरसम्म नाचिबस्ने ठुटेचरो देखिन्न आज
साँझको पहिलो प्रहरमै एकनाशले रुने झ्याउँकिरी समेत चुपचाप छ आज
सधैँ एकसुरले गुनगुनाइरहने सुन्तले खोला समेत मौन छ आज
थरथर-थरथर काँपिरहेका छैनन् झाँक्री स्याउलाका पातहरू
एक रुखदेखि अर्को रुख गर्दै उडिरहेको छैन लाटोकोसेरो
कतै सुनिएको छैन जङ्गली भुस्याहाका कर्कश आवाज
यति चर्को शासन गर्न थालेछ शून्यताले
कि म आफैँ पनि शून्य-शून्य भएको छु यसबेला
शून्य… शून्य उक्लेर
अहिले त्यही सुनसान घरको शीरमाथि छु म
र हेरिरहेको छु-
बर्खाभरि झरीले कुटेर छेँडिएको
क्लान्त र उदास धुरीबाट भित्र
बर्षौँदेखि बार्दलीमा बसेर कसैलाई पर्खिरहेको एक्लो मानिस
कोही आउने पर्खाइमा
झाँक्री स्याउलाको पातजस्तो थरथर काँपिरहेको शरीर
र सुन्तले खोलाजस्तो सुसाइरहेको आँखा बिछ्याइरहेछ
सुनसान कोठाको अन्धकारमा
उता अघिजस्तै बाहिर प्रार्थना गरिरहेको छ सुनसान मूलबाटो
अघिजस्तै प्रार्थना गरिरहेको छ झ्याउँकिरी, ठुटेचरा र बतास
अघिजस्तै प्रार्थना गरिरहेको छ सुन्तले खोला, अम्लिसो र झाँक्री स्याउलाका पातहरू
तितेपाती, तुलसीको बोट
र एक्लो मानिसले रोपेको केराका पातहरू सब–सब प्रार्थनामा छन् अघिजस्तै
एक्लो मानिसका लागि
म पनि त प्रार्थनामा छु अहिले
बरु म आफैँ निभेर
मेरो जम्मै उज्यालो
एक्लो मानिसलाई मिलोस्
र त्यही उज्यालोमा भेटियोस्
बर्षौँदेखि बार्दलीमा बसेर पर्खिरहेको कोही मानिस ।
-
-
-
-
-
मुक्तक डढेलाेकाे उज्यालाे
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
Laboriosam facilis cumque fugiat saepe
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ मा पर्ने जंगलभित्...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...