उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी नगद सहित सम्मानित
-
NayaNaya Khabar
- 1249 दिन अगाडि
यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार कुशलभ केसी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को विशेष अवसरमा नगद सहित केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो।
क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका केसीले लगातार जनताको समस्यालाई लिएर आफ्नो कर्मलाई अगाडी बढाइरहेका छन्। उनि अनलाइन टिभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष रहेका छन् भने मुनलाइट टिभीमा पनि आबद्द भएर काम गरिरहेका छन्।
केसीले समाजमा देखिएका विकृति र विसंगती विरुद्ध लगातार मिडिया मार्फत आवाज उठाएर निडर पत्रकारको रुपमा परिचित रहेका छन्।रिपोर्टिंगका क्रममा उनि धेरै पटक आक्रमणमा समेत परेका छन्। उनको उक्त सहासलाई सम्मान गर्दै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पुरष्कृत गरेका हुन्। केसीले सम्मानित भएपछि विकृति, विसंगती र अन्याय, अत्याचार विरोधीका विषयमा जनतालाई सु-सूचीत गर्ने र समाचार संप्रेषणलाई अझ व्यवस्थित र व्यवसायीक बनाउदै लैजाने बताएका छन्।
-
-
-
-
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
कृषकहरुलाई कृषी औजार वितरण
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
खोला कटान क्षेत्रमा तटबन्धन गरीने