उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
NayaNaya Khabar
- 757 दिन अगाडि
आगामी भदौ ८ र ९ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा उर्लाबारीका युवा व्यवसायी टीकाप्रसाद भट्टराई उर्फ भाईटिकाले महासचिवमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
उर्लाबारीका उत्साहित जागरुक युवा व्यक्तित्वको रुपमा परिचित भाइटिकाको उम्मेदवारी घोषणाले उर्लाबारीमा उत्साह छाएको छ।
उर्लाबारीमा भाईटीका कुनै नौलो नाम होईन । उर्लाबारीमा सार्वजनिक चासोको विषयलगायत विभिन्न विकृती र विसंगतिविरुद्ध खरो रुपमा प्रस्तुत हुदै आएका भट्टराई यसपटक वाणिज्य संघमा नतिजामुखी काम गर्न चाहेको बताउछन् ।
युवादेखि वृद्धसम्म, फुटपाथका साना व्यापारीदेखि ठुलासम्म उत्तिकै चर्चित र लोकप्रिय देखिएका भट्टराईको उम्मेद्वारी प्रतिष्ठाको विषय बनेको छ।
भाद्र ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको ३६औं चुनावी सभामा भट्टराईले महासचिव पदमा उठ्ने घोषणा गरेसँगै व्यापारी र व्यवसायी वृत्तमा चर्चा र उत्साह छाएको हो।
प्रेमा कन्स्ट्रक्सन एवं सप्लायर्सका संचालक भट्टराईसँग उर्लाबारी जेसीज र भिजन फाउन्डेसनको महासचिवलगायत दर्जन बढी सामाजिक संघसंस्थामा काम गरेको कार्यअनुभव छ।
व्यापारिक भिजन र मिसनप्रति दख्खल भएका भाईटिकाको सञ्चार माध्यमदेखि सामाजिक सन्जाल भरी चर्चा चुलिदो छ।
संघलाई प्रविधिमैत्री बनाउने, सबै प्रकारका व्यापारिको साझा संस्था बनाउने, अधुरा कामलाई पूरा गर्ने, व्यापारिले भोग्दै आएका समस्या र सास्तीको अन्त्य गर्ने, समयानुकूल तालिम, प्रशिक्षण, अवलोकन गर्ने गराउने, पुराना व्यवसायीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने लगायतका रचनात्मक कार्य गर्ने उनको योजना रहेको छ ।
१ हजार ७ सय ५ जना सकृय सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६औँ साधारण सभा आगामी भदौ ८ गते हुनेछ । यस्तै संघको निर्वाचन भने भदौ ९ गते हुने बताईएको छ । यसपटक निर्वाचनमा १ हजार २ सय १२ जनाले मात्र मतदानको अधिकार पाउनेछन् ।
-
-
-
-
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
मिक्लाजुङमा साहित्यक जमघट
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
मिक्लाजुङ गाउँपालिकाद्वारा घाइते विद्युत् कर्मचारी देवी...