निर्माण भएको ७ दीन नबित्दै कालोपत्रे उक्कीयो ।
-
NayaNaya Khabar
- 1253 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ वन कार्यालय उत्तर नुनसरी तोरीबारी जाने सडक निर्माण भएको हप्तादिन नबित्दै उक्कीन थालेको छ । सो सडक गुणस्तरीय नभएको भन्दै व्यपाक रुपमा जन स्तरबाट स्थानीय नागरीकहरुले सामाजीक सञ्जाल मार्फत गुनासो गरीरहेकाछन ।
स्थानीय धिरेन्द्रराज दाहालले आफ्नो फेसबुकमा भर्खरै बनेको सडकको फोटो राख्दै लेख्नुभएको छ । मधुमल्ला तोरीबारी जाने भर्खर बनेको सडक । तस्बीरमा कालोपत्रे केही उक्कीएको खोबील्टा परेको देखीएको छ ।
यस्तै मिक्लाजुङ ८ का स्थानीय उपेन्द्र पोख्रेलले फेसबुकमा फोटो सोही सडकको फोटो राख्दै लेखछन अधुनीक युगको आधुनीक विकास । यस्तै मिक्लाजुङ वडा नं. ८ का स्थानीय बद्धीजीबी लालबहादुर बोहोरा फेसबुकमा लेख्नु हुन्छ मधुमल्ला तोरीबारी जानेबाटो निर्माण भएको स ७ दीन नबित्दै यस्तो छ ।
केही दिन अघी सो सडकमा कालोपत्रेको काम सम्पन्न भएको थियो । सो सडक निर्माणकै क्रmममा गुणस्तरीय काम नभएकोे भन्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का निवर्तमान वडाध्यक्ष नविन कार्कीले गुणस्तरीय सडक निर्माण गर्न माग गर्नु भएको थियो ।
यस बिषयमा मिक्लाजुङ गाउँपालिकाका अ.सव इन्जिनीयर बिवेक कार्की संग सम्पर्क गर्दा कालो पत्रेको मोटाई लगायतका कार्यहरु अफुले हेरेको तर अन्य केमीकल लगायतका बिषयहरुमा भने ल्याब परिक्षणको रीपोर्ट बाट प्रष्ट हुने कार्कीले बताउनु भयो ।
सो सडक निर्माण जिम्मा पुर्वाञ्चल कन्सट्रक्सनले पाएको छ ।सोही निर्माण कम्पनीले यस अघि मिक्लाजुङ गाउँपालिकाको वडा नं. ७ मा पर्ने रिलायन्स टोलमा गरेको कालो पत्रे समेत गुणस्तरीय नभएको भन्दै जनगुनासाहरु आएका थिए । कम्पनीका इन्जिनीयर प्रकाश सिंह संग पटक पटक सम्पर्क गर्दा पनी सम्पर्क हुन सकेन ।
-
-
-
-
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
प्रजातन्त्रको पुनर्वहालीको पूर्वसन्ध्यामा जुठे पनि पं....
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...