प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पाँचवटा प्रदेशको सूचीमा समस्या
-
NayaNaya Khabar
- 1360 दिन अगाडि
निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते समपन्न् भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।
दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् ।
निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची भित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।
ती सूचीमा अहिले आयोगले छानबिन गरिरहेको छ । नमिलेकालाई मिलाउन आयोगले आज अपराह्न ४ बजेसम्मको समय दलहरुलाई दिएको छ ।
निर्वाचन आयोगका एक अधिकृतका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा समस्या नभए पनि प्रदेश सभातर्फ भने कतिपय दलको क्षेत्रगत -क्लष्टर) समस्या देखिएको छ । ‘प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमको सूचीमा समस्या छ । सबैभन्दा धेरै त्रुटि मधेशमा छ,’ ती अधिकृतले भने, त्यसलाई सुधारेर पेश गर्न पत्राचार गरिएको छ ।’
-
-
-
-
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालाम...
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
दाउले हानेर काकाको हत्या
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि