हेल्लो नेता जी
-
NayaNaya Khabar
- 1261 दिन अगाडि
स्वतन्त्रता संग्राममा
आशाको उज्याल्यो नदेखी कन
बलिदानी भएकाहरु
अझै गुन्द्रुक र ढीडोका लागि तडपिंदै होलान यहीं कहीं
तिमि इटालियन रेस्टुरेन्टमा झुम्दै
हाम-बर्गर चबाउंदै गर्दा कुनै फरक पर्दैन
सबैका लागि, संधैका लागि अल्पियेका
दिगो परिवर्तनकारी अमर आत्माहरु
तिम्रा एक-एक कदममा
आँखा टठ्याउँदै
प्रकाशका किरणहरु चिहाउँदै गरेका बेला
तिमि स्टार होटलहरुमा
सत्ताका सम्झौता कबुल गर्दै गर्दा कुनै गाह्रो हुन्न
डोल्पा र मुगुमा अन्न सकिएर
अनिकाल पल्टीरहेको बेला
तिमि थाईलैंडको कुनै 'बीच-मोटेलमा'
छमिया संग रात बिताउंदै गर्दा कुनै आपत्ति हुन्न
शहिदका बिधुवाहरुका अंगमा
रातो भन्ने टीको सम्म पनि उजाडिएको बेला
तिमि रातै पासपोर्टको खुल्ला व्यापार गर्दै
युरोप र अमेरिकाका चिल्ला सडकमा चहार्दा
कुनै अन्यथा हुन्न
गरिबका टुहुराहरु
क ख रा चिन्नका लागि
धुले पाटी बनाउन...
आफ्नो निजि आँगन पनि नशिब नभएको बेला
तिम्रा ऐयासि सन्तानहरु
बिदेशका महंगा महा-विधालयहरुमा
प्रेमी प्रेमिकाहरु संग लठ्ठारिरहंदा
कुनै नया समाचार हुन्न
कुनै अचम्म हुन्न!
-
-
-
-
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीह...
-
हेल्लो नेता जी
-
करदाता शिक्षा तालिम सम्पन्न
-
एकै बर्षमा खरिदार देखी शाखा अधिकृत सम्मकाे सफलता
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा