दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
NayaNaya Khabar
- 927 दिन अगाडि
दमक/ झापाको दमक १ कुमाल चोकस्थित एक होटलमा चार दिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित कूल ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुलाचुली ३ का ३८ बर्षिय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ बर्षिय सनम राईसहित अन्य संदिग्धहरु फरार थिए ।
सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाईकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।
इलाका प्रहरी कार्यालय दमकमा आजै पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक १ स्थित नवदुर्गा टोलका २२ बर्षिय आनन्द भनिने २२ बर्षिय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ बर्षिय रोहन भनिने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिए । मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समुहले मदिराले लठठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीको भनाई छ ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
खाडीमा भेटौँला!
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...
-
कृषकहरुलाई कृषी औजार वितरण