जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न
-
NayaNaya Khabar
- 1074 दिन अगाडि
असोज ६, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मिक्लाजुङ ७ मा रहेको लक्ष्मी नारायण मन्दिरको सभाहलमा भएको साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राईले गर्नु भएको थियो । जनकल्याण बचत तथा ऋण सहकारी संस्था मिक्लाजुङ गाउँपालिका क्षेत्रको पहिलो सहकारी संस्था भएकाले यस संस्थाले यस क्षेत्रको आर्थिक विकासमा समेत सहयोग पु¥याएको कार्यक्रमका प्रमुख अतिथि बबि कुमार राईले बताउनु भयो । साथै यस संस्थाले अझ प्रभावकारी किसिमका कार्यक्रमहरु निर्माण गरी मिक्लाजुङमा थप प्रभावकारी कार्यक्रमहरुका साथ अगाडी बढ्नु पर्ने बताउँदै संस्थालाई थप व्यवस्थित र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न गाउँपालिकाले समेत समन्वय गर्ने प्रमुख अतिथि राईले बताउनु भयो । 
जनकल्याण बचत तथा ऋण सहकारी संस्था मिक्लाजुङ गाउँपालिका क्षेत्रको अग्रणी संस्था भएकाले शेयर सदस्यहरुलाई बढी भन्दा बढी लाभ दिन सक्ने कार्यक्रमहरु यस संस्थाले सञ्चालन गर्नु पर्ने मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताउनु भयो । साथै सेयर सदस्हरुले समेत संस्थाले सञ्चालन गरेका हरेक गतिविधीहरुमा निगरानी गरी आवश्यक सल्लाह र परामर्शहरु दिनु पर्ने वडाध्यक्ष चौहानले बताउनु भयो । 
जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा कुल एकहजार दुई सय ३१ जना शेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिब कमल बोहोराले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष सूर्य बहादुर कार्कीले र अध्यक्ष मन्तव्य संस्थाका अध्यक्ष तिल प्रसाद पाण्डेले प्रस्ततु गर्नु भएको थियो ।
-
-
-
-
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
वडा नं. ३ सेमीफानलमा
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
दाउले हानेर काकाको हत्या
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ