३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
NayaNaya Khabar
- 1015 दिन अगाडि
मधुमल्ला / मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास केन्द्र कोशी प्रदेशको संयोजन तथा मिक्लाजुङ गाउँपालिका राेजगार शाखाको आयोजनामा ३ महिने ( ३९० घण्टे ) प्लम्बिङ तालिम बिहीबार सम्पन्न भएको छ ।
तालिमकाे उपयाेगिताकाे बारेमा राेजगार शाखा प्रमुख क्षितिज चेम्जोङले प्रष्ट पार्नु भएकाे थियाे ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालित ३ महिने प्लम्बिङ तालिममा मिक्लाजुङ गाउँपालिकाका १५ जना युवाहरूको सहभागिता रहेको थियो । युवाहरूलाई व्यवसायिक सीप विकास गरी स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यले प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजनमा भएको तालिम प्रभावकारी भएको सहभागी प्रशर्न सुवेदीले बताए ।
बिहीबार भएको तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले युवाहरूमा सीप बिकास भए मात्र स्वरोजगार बन्न सजिलो हुने र आर्थिक विकासमा समेत सहयोगी हुने भएकाले प्रदेश सरकार समाजिक विकास मन्त्रालयको संयोजन र मिक्लाजुङ गाउँपालिकाको आयोजनामा ३ महिने प्लम्बिङ तालिम सञ्चालन गरिएको अध्यक्ष राईले बताउनु भयो ।
तालिम समापन कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पाैडेल, प्रमुख प्रसासकिय अधिकृत डम्बरूबल्लभ बरालकाे उपस्थितिमा रहेकाे थियाे ।
कार्यक्रम संचालन रोजगार साखाका कर्मचारी देउमान तामाङले गर्नुभएको थियो ।
-
-
-
-
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रस...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
कृषकहरुलाई कृषी औजार वितरण