मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
NayaNaya Khabar
- 1140 दिन अगाडि
मधुमल्ला मोरङको मिक्लाजुङमा होली हंगामा कार्यक्रम हुने भएको छ ।मैथिली सेवा समाज मिक्लाजुङले मधुमल्लामा यही फागुन २३ गते होली हंगामा कार्यक्रम गर्ने आज पत्रकार सम्मेलन गरी जानकारीगराइएको हो । सद्भावको पर्वको रुपमा रहेको होली सांगितिक कार्यक्रमसहित आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष राजुसाहले जानकारी दिनुभयो । कार्यक्रममा गायक ताराप्रकाश लिम्बू, प्रब्य व्याण्ड पूर्वाञ्चल बेलबारी र स्थानीय कलाकारहरुको बेजोडप्रस्तुती रहने उहाँको भनाई छ । मधुमल्लाको भगवती माबि अगाडि आयोजना हुने होली हंगामा कार्यक्रममा करिब २ लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको कोषाध्यक्ष चन्दन साहले जानकारी दिनुभयो । होली कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सबैको साथ रसहयोग जरुरी रहेको सचिब सुमन दास तत्माले बताउनुभयो । सद्भाव र एकताको रुपमा होली कार्यक्रम आयोजना गरिएको उहाँकोभनाई छ । कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई र उपाध्यक्ष दिनेश पौडेललगायतका विशिष्ट ब्यक्तिहरुकोसहभागिता रहने बताइएको छ ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
बक्राहघाट बनाउने जिम्मा साधुलाई, नगरप्रमुखसँग मागिएकाे...
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
वडा नं. ७ सेमी फाइनलमा
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न