मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कमिसनखोरी भए
-
NayaNaya Khabar
- 1201 दिन अगाडि
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले आफ्नो पालिकाका सवै जनप्रतिनिधी कमिसनखोरी भएको आरोप लगाएका छन् ।
विकास निर्माणका क्रममा नगरपालिकाले छुट्याएको रकममा वडाध्यक्ष र कर्मचारीहरुले कमिसन विना काम नगर्ने शैलिका कारण सोचेजस्तो विकास गर्न पछि परको उनले बताए । खरेलले जनतासग जनप्रतिनिधी कार्यक्रमलाई सम्वोधन गर्दै वडा नम्वर २ को कार्यक्रममा यस्तो बताएका हुन ।
खरेलले कार्यक्रममा सम्वोधन गर्दै भनेका छन्- “१० लाखको कल्र्भट बनाउन २५ लाख रुपैया विनियोजन हुन्छ वडाअध्यक्ष र कर्मचारीले आफ्नो व्यावस्थापनका लागि १५ लाख सम्म खर्चको मार्जिन राख्ने गरेको पाइएको छ ।”
निर्वाचनताका आफुले भ्रष्टचार र कमिसनको खेलमा नलाग्ने प्रतिज्ञा गरेको स्मरण गर्दै मयेर खरेलले नगरमा हुने कमिसन र भ्रष्टचारका मामलामा आफ्नो रोक्ने प्रयास जारी रहेको बताए ।
९ वटा बडामा विभाजित उर्लाबारी नगरपालिकामा उप-प्रमुख मिनादेवी खतिवडा रहेकी छिन भने वडा नम्वर १ मा तिलक पाण्डे, वडा-२ मा कुमार कडेल राजन, वडा-३ मा भिष्मराज बुढाथोकी, वडा-४ मा कल्याण कुमार राई, वडा-५ मा रविन लामा, वडा-६ मा चिन्तामणी पौडेल, वडा-७ मा शर्मिला कार्की, वडा-८ मा कुल बहादुर कार्की र वडा- ९ मा नरबहादुर मोक्तान वडाध्यक्ष रहेका छन् ।
मेयर खरेलले जनप्रतिनिधी र कर्मचारी माथी सार्वजानिक स्थलमै यस्तो आरोप लगाउदै उनिहरुले स्विकारी सकेको बताए पनि पनि कस्ले कुन योजनामा कति कमिसन लिए भन्ने बारेमा भने खुलाएनन् । मेयरको आरोप प्रति जनप्रतिनिधी र कर्मचारी समेत अहिले सम्म मौन रहेका छन् ।
-
-
-
-
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
मिक्लाजुङ गाउँपलिका र जापानको मिनामिताने टाउनबीच भगिनी...
-
धप्परद्धारा उपाधी माथी कब्जा
-
यसपालिको चुनावमा भोट कसलाई दिने
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
उर्लाबारी वाणिज्य संघको महासचिवमा टीका भट्टराईको चर्चा
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...